Ne:WikiProject Nepal
Jump to navigation
Jump to search
V・T・E नेपाल, एसिया नेपाल |
28.20997 अक्षांश, 83.99162 देशान्तर |
नेपालको नक्सा हेर्नुहोस् |
नक्सा सम्पादन |
|
नेपाल एसियामा अवस्थित देश हो जुन 28.20997 डिग्री उत्तरी अक्षांश र 83.99162 डिग्री पूर्वी देशान्तरमा पर्छ ।
परियोजना क्षेत्र
खुल्ला नक्सा(OpenStreetMap)मा नेपालको क्षेत्र:
184633 184633
नेपालको प्रशासनिक विभाजन
प्रशासनिक तह (admin_level) | विभाजनको प्रकार | कैफियत |
---|---|---|
2 | नेपालको अन्तर्राष्ट्रिय सिमाना | हाल प्रयोगमा छ। |
3 | विकास क्षेत्र | हाल प्रयोगमा छैन। |
4 | प्रादेशिक सिमाना | हाल प्रयोगमा छ। |
5 | अञ्चल | हाल प्रयोगमा छैन। |
6 | जिल्ला | हाल प्रयोगमा छ। |
7 | स्थानिय तह (गा.पा./न.पा.) | हाल प्रयोगमा छ। |
8 | गा.वि.स. | हाल प्रयोगमा छैन। |
9 | वडा | हाल प्रयोगमा छ। |
नेपालको सडक सञ्जाल
- राष्ट्रिय राजमार्गका लागि यहाँ दबाउनुहोस्।
- फिडर सडकहरुका लागि यहाँ दबाउनुहोस् ।
- जिल्ला सडकहरुका लागि यहाँ दबाउनुहोस् ।
नेपालको नक्साङ्कन
सुरुवात
यो संलग्न हुनुहोस् पेज ध्यान दिँएर पढिसकेपछी खुल्ला नक्सा(OpenStreetMap)मा योगदान गर्न सक्नुहुनेछ ।
सामान्यरुपमा, यि चरणहरु पालना गर्नुहोस् :
- साइन अप गर्नुहोस् अनि लग इन गर्नुहोस्।
- आफ्नो रुचि भएको क्षेत्रमा जुम(Zoom) गर्नुहोस् ।
- त्यसपछि इन्टरफेस(interface)को माथिल्लो भागमा रहेको Edit ट्याबमा दबाउनुहोस् र 'iD' भनिने अनलाईन नक्सा सम्पादक खुल्ने छ ।
- स्याटलाईट तस्वीरमा हेरि बिन्दु र रेखाहरुको प्रयोग गरि विभिन्न आकृति र वस्तुहरु ट्रेस गर्नुहोस् ।
- त्यसपछि ट्रेस गरिएका विभिन्न आकृति र वस्तुहरुलाई ट्याग गर्नुपर्छ । यसका लागि इन्टरफेस(interface)को बायाँतिरको खण्डबाट वर्गिकरणमा राखिएका उपयुक्त ट्याग रोज्नुहोस् । ट्याग गर्ने बिस्तृत विवरण हेर्न नक्सा विशेषतामा हेर्नुहोस् । गलत रुपमा ट्याग गरिएका बस्तुहरु नक्सामा देखिने छैनन् ।
- सहि रुपमा ट्याग गरिसकेपछि अपलोड गर्नुहोस् ।
- यति गर्दा तपाईले नक्साङ्कन गरिसक्नुभयो । :D
- नक्साकारहरु अनुभवि भईसकेपछि JOSM अफलाईन नक्सा सम्पादक प्रयोग गर्न सिफारिस गरिन्छ ।
नेपालमा नक्सा सम्पादन गर्न, स्याटलाईट तस्वीर हेरेर विविध बस्तुहरु पहिचान गर्न नेपाल नक्साङ्कन मार्गनिर्देशन पृष्ट पढ्नुहोला
प्रयोग गर्न सकिने स्याटलाईट तस्वीररु
- बिङ् स्याटलाईट तस्वीर
- म्याक्सार प्रिमियम स्याटलाईट तस्वीर
- म्यापबक्स स्याटलाईट तस्वीर
- ईस्रि स्याटलाईट तस्वीर
नामाङ्करण विधि
- नेपालले खुल्ला नक्सामा काम गर्ने समुदाय (OSM Community)ले स्थानियकरणमा जोड दिन्छ ।
- त्यसैले नक्सामा सबै नामहरु नेपालीमै लेख्ने गरिन्छ ।
- यसका लागि हामी देवनागिरि लिपिमा भएको नेपाली यूनिकोड फन्ट (font)को प्रयोग गर्छौ ।
- नामहरु थप अन्य भाषामा जस्तै अङ्ग्रेजीमा लेख्नुपर्यो भने हामी भाषा कोड (अङ्ग्रेजीका लागि en)को प्रयोग गर्छौ ।
उदाहरण:
Atrribute | Value |
---|---|
name | नेपाल |
name:ne | नेपाल |
name:en | Nepal |
अन्य मार्गनिर्देशनहरु
- नेपाल नक्साङ्कन मार्गनिर्देशन
- नेपालमा प्रयोग हुने ट्यागहरुको सूची
- नक्साङ्कन प्रतियोगिता मार्गनिर्देशन
- प्रोजेक्ट इलाम -- विशेष भु-उपयोग सम्बन्धी